नाैरङ्गीबारे शुभकामना मन्तव्य


gf}/ËL

Ps ;o Ps n3'syf

 

 

 

 

सरण राई

w/fg, df]–(*$@)%%@^@

 

nIdL /fO{sf] ;Demgfdf ====


-o; k':tssf_ सबै अक्षरहरू तिम्रै हुन् । सबै अक्षरहरूमा तिमी जीवित 5f}...र अमर 5f}

 

राधा पौडेल– मदन पुरस्कार विजेताCommunicating to remove menstrual taboo | Nepali Times
कथाहरू पढ्दै थिएँ, अन्तिम पानामा भएको परिचय पनि कुनै कथा नै होला भन्ने ठानेर घोत्लिरहेको थिएँ तर हैन रहेछ । एक सय एक कथा कतिखेर सकिए पत्तै पाइन । लेखकलाई धेरै बधाई र शुभकामना ! वास्तवमा यी कथाहरूलाई मलाई लघु भन्न मन छैन किनभने यी कथाहरूले सिङ्गो देश बोकेका छन् । हैन सिङ्ंगो पृथ्वी थामेका छन् । यहाँका जीव, जन्तु र मानव समवेदना सुझाएका छन् । कथाहरू पढ्दै जाँदा आफ्नै हो कि जस्तो लाग्छ । त्यहाँ प्रेम छ । रिस छ । लोभ छ । घिन छ । यौन छ । मिलन छ । बिछोड छ । सबै छ । बच्चा छ, जवानी छ । वृद्ध छ । छ जन्म अनि मृत्यु ।
कथामा देश दुख्छ । छलतन्त्र, संयन्त्र, लुटतन्त्र, मनपरीतन्त्र सबै छ ।
कथाले पैसा दिन्छ । पैसा खोज्छ । प्रसिद्धि माग्छ । स्वाभिमान दिन्छ । प्रविधि छ । भ्रमबाट निस्कन अपिल गर्छ ।
कथाले महिला, अपाङ्गता भएका व्यक्ति, बिरामीको सम्मान गर्छ । स्थानीय माटो, शब्द र संस्कारको प्रेम गर्छ । सम्मान गर्छ प्रेम, प्रेमी–प्रेमिकाको ।
आगामी दिनमा लेखकबाट यस्तै विषम विषयवस्तुमा आधारित सिर्जनाहरू जन्मिरहुन् भन्ने आशा र विश्वास गर्दछु ।
गौरीगन्ज ८, भरतपुर महा नगरपालिका, चितवन  
फागुन ७, २०७५


प्रा.डा.गोपाल भण्डारी–साहित्यकार एवं समालोचक

लघुकथा पनि मानव जीवनको एउटा सानो भ्यान्टिलेसन हो, जहाँबाट जीवनको अलिकति सुख–दुःख वा प्रकाश छिर्छ । लघुकथा सानो आयतनमा फैलिएको हुन्छ, जसले मनलाई च्वास्स छुन्छ । लघुकथालाई एडगर एलेन पोले परिभाषित गरेका थिए अनि खलिल जिब्रानले अनुपम लघुकथाहरूका नमुना पस्किएका थिए । नेपालीमा पनि लघुकथाकारको सघन उपस्थिति पाइन्छ । अझै पनि आन्तरिक अभ्यास चलिरहेको अवस्थामा लघुकथाकार सरण राईको प्रस्तुत ‘नौरङ्गी’ एउटा नयाँ उपलब्धिका रूपमा आइरहेको छ । सरणकुमार राई उपन्यासकार, कथाकार र निबन्धकारका रूपमा स्थापित भइसक्नु भएको छ । उहाँ अत्यन्त लगनशीलताका साथ नेपाली साहित्यमा क्रियाशील हुनुहुन्छ । उहाँका प्रस्तुत लघुकथाहरू अत्यन्तै सुस्वादु छन् । आजको नेपाली समाजले भोगेका तीतामीठा समस्या र जीवनका उज्यालो औं अँध्यारो पक्षलाई कथाकार राईले विश्वसनीय ढङ्गले प्रस्तुत गर्नु भएको छ । नेपाली मध्यम वर्गीय समाजका इच्छा, आकाङ्क्षा, पलायन, बेथिति, सफलता, असफलता, अनुकूलता वा प्रतिकूलताका उदाहरणका रूपमा यी कथाहरू देखिएका छन् । जीवनका व्यावहारिक पक्ष, शैशव, युवा र वृद्धाअवस्थाका अनुभूतिहरू यी कथाहरूमा सजीव रूपमा आएका छन् । जीवन अनेकौं समस्याबाट ग्रसित छ, तिनका विविध कोण र पक्षलाइ सटीक रूपले यहाँ चित्रण गरिएको पाइन्छ । धेरै कथामा चित्तबुझ्दा घटनाक्रम, पात्र, परिवेश, उक्तिप्रत्युक्ति र तारतम्य मिलाइएका छन् । कथाकार सरण राईमा पूर्णतः परिपक्व चिन्तन तथा लेखन क्षमता आइसकेको छ । त्यसैले कथामा एक किसिमको चुम्बकीय आकर्षण शक्ति छ, जसबाट कथा  पढ्न थालेपछि छोड्नै मन लाग्दैन । यो उहाँको सफलता हो । यी कथाका सामाजिक यथार्थ, पारिवारिक पीडा, स्वैरकल्पना, मनोविज्ञान, राजनैतिक विद्रूपता, गीतसङ्गीतका तन्मयता, प्रौढ परिपक्व तथा वृद्धाअवस्थाका अनुभूति, भ्रमका खेतीहरू फेला पर्ने छन् । कथाकारले अनेकौं सूक्ष्म अनुभूतिलाई कथामा रोचक विषय बनाउनु भएको छ । नौरङ्गी नाम अनुसार नै नवरङ्ग अर्थात नवरसमा घुलमिल भएको छ । कथाका उठान जे जसरी भएका छन् तिनका बैठान पनि युक्तियुक्त रूपमै भएका छन् । यी कथाले हामीलाई जिजीविषा र व्यावहारिक यथार्थको बोध गराउने छन् । कथाकार सरण राई अझ खारिँदै र परिमार्जित हुँदै यस सङ्ग्रहमा आउनु भएको छ । उहाँको तन्मयता, प्रतिबद्धता र निरन्तरताले धेरैलाई प्रेरणा दिइ रहेको छ । नेपाली लघुकथाकारका पंंक्तिमा उहाँ उल्लेखनीय बन्नु हुने छ भन्ने आशा राखेको छु । आजको ब्यस्त जीवनलाई यस्तै लघुकथाहरूले नै पथप्रदर्शन गर्न सक्ने हुँदा यो प्रयास सार्थक भएको देखिन्छ । यी लघुकथा समग्रतामा राम्रा उपलब्धि हुन् भन्ने लाग्दछ । यस अवसरमा कथाकार सरणकुमार राईलाई हार्दिक बधाई ज्ञापन गर्दै उहाँलाई अभिवादन गर्दछु ।                            धरान
मधुकर सुवेदी– साहित्यकार
सरण राईको “नौरङ्गी “ कथा सङ्गालो एक सौ एक सूक्ष्म कथाहरूको तस्वीरले सजिएको कला प्रदर्शनी कक्ष ९ बचत नबििभचथ) हो । कथा कतै स्वैर कल्पनाको आभास भएर त कतै यथार्थको ऐना बनेर, कतै कोमल गुलाबको पत्रदलमा शीतको मोती टल्केर त कतै आक्रोशले तिखारिएको व्यंग्यको काँडा भएर अनेकन रोगनमा चित्रण गरिएको छ । सुन्दर सरल अभिव्यक्तिको परिधिमा एक सौ एक सूक्ष्म गल्प (ँबिकज ँष्अतष्यल) हरूले उल्का जस्तो भएर पाठकको मन मस्तिष्कमा गहिरो असर पार्छ । अनेकन बिचारहरूको आतिशबाजÞी खेल्दै रचेको नौरङ्गी दृश्यले पाठकको मनलाई  कुतकुत्याउदै गहन चिन्तनको भुँमरीमा पु¥याउँछ । करुणाको दृश्य हेर्दा पाठकको आँखा रसाउँछ । सोच्न विवश पार्छ— मानिस सांसारिक पीडाबाट मुक्त हुन नसक्नु पनि जीवनको नियम रहेछ !
विर्तामोड, झापा

प्रा.डा.भोलानाथ पोखरेल– साहित्यकार एवं समालोचक 
आख्यानकार सरण राईको नौरङ्गी नवीन प्रविधिको प्रयोग गर्दै समसामयिक विषवस्तुमा लेखिएको लघुकथा सङ्ग्रह हो । यस सङ्ग्रहका कथाहरूले समाजमा भएका विकृति विसङ्गतिहरूको हास्यव्यङ्ग्यात्मक विरोध, सामाजिक समस्याहरूको चित्तबुझ्दो समाधान राख्तै सकारात्मक सोचाई प्रवाहित गर्छन् । पत्नीको वियोगमा लेखिएका केही कथाहरू करुण भावका छन् । कथाकारले मान्छे शोकमा परेर गरेको रङ्गविहीन अनुभवलाई आठौ रङ मान्दै वियोगको असह्य परिस्थितिमा पनि बाँच्न चाहने जिजीविषाको अद्भूत रहस्यमयी अदृश्य रङ नवौं रङ हो भन्दै नवीन विषयवस्तुको स्थापना गरेका छन् । जीवन माया नै मायाको  लामो कथा हो । माया मानिसको अधिनमा हुन्छ र माया बाड्छ । तर आयु उसका वशमा हुन्न र बिछोड हुन्छ । पीडा रुवाइ रोदन वेदना सुस्केरा आइलाग्नु पनि जीवनको नियम सम्झेर सांसारिक जीवनमा शोकाकुल भएर पनि धैर्यधारण गर्नुपर्छ । जस्तो सुकै परिस्थितिमा पनि सकारात्मक सोचाइ राख्तै समाधानका उपायहरू बताउनु यस कथासङ्ग्रहका कथाहरूको शक्ति र सीमा हो ।                                 धरान

रुकमणी मास्के– कवयित्री 
‘नौरङ्गी’ लघुकथा सङ्ग्रह हात पर्नासाथ ‘सम्बोधन’मै नजर प¥यो । पढेँ बिछोड वियोगले असह्य वेदना अनि सपना पूरा गर्ने प्रतिबद्धता सम्झदै मुस्कुराउने प्रयासरत कथाकारको एक्लोपनको आभासाले मन छोयो ।
त्यस्तै ‘मलामी चाहिदैन’ मा युवा अवस्थाको अहङ्कारलाई प्रस्टाउने र आखिर पछुतो परेको मार्ग दर्शन गहन छ । ‘अन्तिम सम्मान’ साँच्ची मानिसले पाउने अन्तिम सम्मान उनको लाशलाई बोकेर त्यसको पछाडि मानिसहरू मलामी जान्छन्, सायद यहि होला अन्तिम सम्मान । लघुकथाहरू राम्रा छन्, पढिसकेपछि  पाठकलाई सोचमग्न बनाउनु कथाको सफलता हो ।                    धरान


कमलप्रसाद कोइराला–राजनीतिज्ञ
“जीवन मायाहरूको लामो कथा हो । माया तिम्रो वशमा थियो, दिएर गयाँै । आयु तिम्रो वशमा थिएन, छोडेर गयौ ।” मैले उनलाई सम्बोधन गरेर भनेको यथार्थ ‘नौरङ्गी’का लघुकथाहरूले पुष्टि गर्दछ ।

 

lhtkfn ls/ft– ;dfh;]jL

 

 

 

;Daf]wg

-nIdL /fO{sf] ;Demgfdf ==_

 

ltdLn] hGdfPsf zfZjt dfof k|]d— :ofxfg'{ 5

ltdLn] /f]k]sf ;'Gb/ k"mn la?jf ljrf/— uf]8d]n ug'{ 5

ltdLn] :ofxf/L ;DefnL/x]sf] dfofn' …dÚ====:ofxfg{' ;DefNg' 5

;a}eGbf d'l:sn=== ltdL ;DemL ?g] dg a'emfpg' 5 Û

 

;'Gb/ ;Kt/ËL /ªx¿n] ;hfPYof] dnfO{

k|]d uugdf ;fy ;fy p8fPYof] dnfO{

cem} d'6'df  5f} a:5f} 

gf}/ËL hLjgdf  klg ;fy lbG5f}  ;fy ;fy 5f}F

c;Ld dfofn] lehfpg] ltdL ch/ cd/ chDa/L 5f} ÛÛ

 

ltdL lgld{t k|]d ;fu/df kf}l8/xg ;s"F

kv]6f sfl6P klg ltdL lgld{t k|]d uugdf p8\g ;s"F

ltdLn] 5f8]sf yfn]sf cw'/f ;kgf k"/f ug{ ;s"F

-ltd|} ;fy kfP/ ltd|f] nflu d':s'/fpy], xfF:y]_

ltdL ;DemL -ltdL gePkl5 xfF:g] s;/L <_ cem} w]/}  ?g ;s"F ÛÛÛ

 

सरण राईको परिचय 


नाम ः सरण राई   पुरा नाम ः सरण कुमार राई बान्तावा रूपाबुङ, (सामेत–छाङछावा), सेवा निवृत सह प्राध्यापक (त्रि. वि.) एवं साहित्यकार
जन्म स्थान ः छिनामखु, भोजपुर, (हाल–टेम्केमैयु गाउँपालिका)
जन्म मिती ः २००४ चैत २४, सोमबार (इश्वी सन १९४८अप्रिल ५) तिथी ११
शिक्षा  ः एम.ए. (अर्थशास्र)
ठेगाना ः १९÷१३९, धनकुटेरोड, धरान, प्रदेश नं. १,  नेपाल
(पत्नी ः स्व.लक्ष्मी राई चामलिङ हमराछा, (सामेत–सिवीली) जन्म–२०१० असार २९, आइतबार (इश्वी सन १९५३ जुलाई १२) तिथी १, जन्मस्थान– खार्ताम्छा, दिक्तेल, विवाह–२०३४ फागुण २२, स्वार्गरोहण– २०७५ मङ्सिर २५, मङ्गलबार, (सुमेरु अस्पताल, धापाखेल,ललितपुर), पितामाता–स्व.कटकबहादुर राई र स्व. रानीमाया राई बाजे– स्व.गजुरमान राई भाईबुहारी– स्व.लोकराज राई र सप्तलछी राई, मुलुकराज राई र कुमारी राई, कमलराज राई र सञ्जिता राई बहिनी— दुर्गा राई)
माता पिता ः शिवमाया राई बान्तावा रुछेनबुङ र स्व.मछिन्द्रबहादुर राई
बाजे बोजु ः स्व. ह. कुलमर्दन राई र स्व.कृष्णकुमारी राई
परिवार ः
 छोरा बुहारी– शैलेश राई र  अन्जना राई चामलिङ मुल्याछा, सायन राई र कौशीला राई गुरुङ, सृजनसरण राई, नातिनातिनी– सामना राई, साञ्जिना राई, सच्चेन्द्र राई, शुभेन्द्र राई, सेलिन राई,   बहिनी ज्वाई– शुदेशा राई बोहोरा र देबेन्द्र बोहोरा, बिजयालक्ष्मी राई गुरुङ र शिवकुमार गुरुङ, भान्जाभान्जी र ज्वाई– अनु बोहोरा डि.सी. र बीरेन्द्र डि.सी, इन्दिरा बोहोरा, डा.दिवशराज बोहोरा र अस्मिता बोहोरा, अमृत गुरुङ र सम्झना राई गुरुङ, सुबिधा गुरुङ.
नोकरीः 
(१)प्रधानाध्यापक–त्रिभुवन धर्मोदय नि.मा.विद्यालय, छिनामखु, भोजपुर(२०२६) 
(२) प्रधानाध्यापक–अरनिको नि.मा.विद्यालय, राजघाट, मोरङ(२०२७) 
(३)अनुसन्धान सहायक–आर्थिक विकास तथा प्रशासन केन्द्र, कीर्तिपुर (२०३०–२०३१)

(४)सह प्रध्यापक– त्रिभुवन विश्वविद्यालय (२०३१–२०६४)
राजनैतिक संलग्नताः 
(१) केन्द्रीय सदस्य–अ.ने.रा.स्व.वि.यु.(२०२६–२०२८) 
(२) सभापति– नेपाल प्राध्यापक संघ, महेन्द्र वहुमुखी क्याम्पस एकाइ समिति, धरान (२०४२–२०४३) 
(३) केन्द्रीय सदस्य– नेपाल प्राध्यापक संघ, (२०४४–२०४५)
(४) जिल्ला समिति सदस्य–ने.क.पा.(माक्र्सवादी) सुनसरी जिल्ला समिति (२०४७)
(५) राष्ट्रिय पार्षद– ने.क.पा.(माले) (२०५६–२०५९)
(६) सचिव– ने.क.पा.(माले) जिल्ला समिति (२०५८)
(७) सदस्य– ने.क.पा.(एमाले) जिल्ला समिति (२०५८–२०६२) 
(८) सदस्य– ने.क.पा.(एमाले) अञ्चल सल्लाकार समिति, कोशी(२०६३–२०६९)
(९) केन्द्रीय सल्लाकार सदस्य– संघिय समाजवादी फोरम (२०७०– २०७५ )
सामाजिक संघ सस्थामा संलग्नताः
(१)सचिव– प्रगतिशील लेखक संघ सुनसरी जिल्ला समिति, (२०२४–२०२६)
(२)सदस्य–नेपाल चेस्ट क्लिनिक (२०३४)
(३)अध्यक्ष– जनहित युवा वमात (२०३७–२०३९)
(४)सचिव– नेपाल जनजाति उत्थान मञ्च (२०४६–२०४८)
(५ अध्यक्ष – नेपाल जनजाति उत्थान मञ्च (२०४८–२०६०)
(६) केन्द्रीय सदस्य– किरात राई यायोक्खा (२०४९–२०५२)
(७) केन्द्रीय सदस्य–नेपाल आदिवासी जनजाति महासंघ (२०५०–२०५२) 
(८)उपाध्यक्ष–सुनसरी जिल्ला समिति, नेपाल बुद्धिजिवी परिषद (२०५४–२०५४)
(९)सदस्य– साहित्य अनुसन्धान परिषल–नेपाल (२०५८– हालसम्म)
(१०)सदस्य–छनोट समिति, बि.पी.स्वास्थ विज्ञान प्रतिस्ठान (२०६१–२०६३)
(११) केन्द्रीय उपाध्यक्ष–नेपाल लोकतान्त्रिक किरात राई संघ (२०६४–२०६६)
(१२) अध्यक्ष –कञ्चनजङ्घा इन्स्टीच्युट अफ हेल्थ साइन्सेज (२०६५–२०६९)
(१३) अध्यक्ष –बिहानी प्रकाशन सहकारी संस्था लि.(२०६४–२०६९)
(१४) केन्द्रयि अध्यक्ष– किरात बान्तावा (राई) भाषा तथा संस्कृति उत्थान प्रतिस्ठान ( किरात राई बान्तावा खिम)(२०६९–२०७४)



प्रकाशित  पुस्तकहरू –
१.केही कथा केही कविता (सहलेखनं)२०३९  
२.साथी  (निबन्ध सङ्ग्रह)२०६४ 
३.मानव संसार (उपन्यास) २०६५ 
४.अन्तिम स्वीकारोक्ति (कथा सङ्ग्रह ) २०६६, (साझा प्रकाशनबाट प्रकाशित) 
५.ओइलिने फूल (कविता  सङ्ग्रह )  २०७०
६.उडान युवा मनको  (इन्टरनेटमा मात्र प्रकाशित पहिलो नेपाली उपन्यास– इन्टरनेटमा  नै एक लाखभन्दा बढि मानिसहरूले हेरिसकेको ) 
जततउस्ररकबचबल(चबष्।दयिनकउयत।अयmर  

७.अन्तिम आयाम (कथा सङ्ग्रह), २०७४, पाँचपोखरी प्रकाशन गृह, न्युरोड (फोन .०१ ४२२१६३४ ,०१ ४२२३५७५)
८.नौरङ्गी  (लघुकथा सङ्ग्रह) २०७.. (हातमा)

पुरस्कारः—
१.राष्ट्रिय शिक्षा पुरस्कार (२०४७)
२.त्रि.वि. दिर्घ सेवा पदक (२०५८) 
३.भानु रचना पुरस्कार—२०७१ (भानु वर्ष ५१, अङ्क १७८  मा प्रकाशित कथा ‘आमाको मन’ का लागि)
 
सम्मान अभिनन्दन
१ं नेपाल प्राध्यापक संघ, महेन्द्र ब। क्याम्पस एकाइ समिति, धरान (२०६३ं) 
२. त्रि.वि. प्राध्यापक संघ, महेन्द्र ब. क्याम्पस, एकाइ समिति, धरान (२०६४) 
३.कवि बिमल गुरुङ स्मृति पुस्तकालय (२०६६) 
४.नेपाल बुद्धिजीवी परिषद, सुनसरी (२०६६)
५.नेपाल प्रगतिशील प्राध्यापक संघ, पूर्वाञ्चल  (२०६६) 
६.सुनसरी साहित्य परिषद (२०६७)
७.लक्ष्मी वाचनालय, धरान (२०६८)
८.जनसाहित्यिक मञ्च, नेपाल (२०६८) 
९.किरात राई पत्रकार संघ, सुनसरी जिल्ला समिति (२०६८)
१०.प्रबोध, मासिक पत्रिका (२०६८)
११.प्रगतिशील लेखक संघ नेपाल, सुनसरी शाखा (२०६९)
१२.पीण्डेश्वर बिद्यापीठ, धरान (२०६९)
१३.श्यामराज दुब्देङहाङ्ग राई स्मृति प्रतिष्ठान, किरात व्याक्तित्व सम्मान (२०६९) 
१४.समिट उच्च मा. वि., धरान (२०७०)
१५.धरान साहित्य महोत्सव समारोह समिति ( २०७१)  
१६.कवि शिरोमणि साहित्य–साधना समाज, धरान (२०७१) 


भ्mबष्(ि(   चबष्कबचबलछण्२नmबष्।िअयm  
फोन नं. –९७७ २५ ५२०७४२ 
मोबाइल–ं९७७  ९८४२०५५२६२
धन्यवाद ज्ञापन

म मेरो स्व. पत्नी लक्ष्मी राई जिवीताअवस्थामा स्वास्थ, बिरामी  र विविध अवस्थामा हुँदा  हर किसिमले सहयोग गर्नुहुने माया गर्नुहुने घरपरिवारका सबै सदस्यहरू, आफन्तहरू, नातागोताहरू, साथीहरू, दाजुभाईहरू, दिदीबहिनीहरू, डाक्टरहरू, नर्सहरू र अन्य सबैप्रति सदैव नतमस्तक छु साथै सबैलाई  आभार व्यक्त गर्दै हार्दिक धन्यवाद दिन्छु ।
यो पुस्तक प्रकाशन गर्नुहुने प्रकाशक......, ..........भूमिका लेखक... , पुस्तक प्रकाशनका लागि विशेष सहयोग गर्नुहुने श्रीराम राई, आफ्नो अमूल्य मन्तव्य लेखि सहयोग गर्नु भएकोमा मदन पुरस्कार विजेता राधा पौडेल, सह प्रा. मधुकर सुवेदी, प्रा.डा. गोपाल भण्डारी, प्रा.डा. खेम दाहाल, प्रा.डा. भोलानाथ पोखरेल, कवयित्री रुकमणीmमास्के र सह प्रध्यापक केशवप्रसाद अधिकारी.... लाई हार्दिक धन्यवाद दिन्छ्ु ।
— सरण राई
 मिति २०७५...



अन्तिम पाटो


मैले गर्न सक्ने यत्ति नै हो

तिमी सिकिस्त बिरामी हुँदै गयौ । हामी दुवै छुट्टिन चाहदैनथ्यौँ । हाम्रो हातमा जीवन र मृत्यु थिएन । 
मुटु विशेषज्ञ डा. रमणीले “मैले गर्नसक्ने सबै गरिसकेँ । अब म केही गर्न सक्तिनँ” भनिन् भन्दै छुट्टिनु पर्ने बेला भएको अहसासले  तिमी रोयौ । मलाई आश थियो अझै केही समय बाँच्छौ कि भन्ने । तर तिमी सदाको लागि गयौ ।
 एउटा गरिब इमानदार सर्वसाधारण आम मान्छे म, एउटा सामान्य लेखक म तिमीलाई अमर बनाउन चाहन्छु । तर म ताजमहल, रानीमहल जस्ता भव्य पे्रमस्मारक बनाउन सक्तिनँ । तिमी त गई सक्यो अब तिमीलाई संसारको कुनै कुराले छुदैन । अब तिमीलाई केही चाहिन्न । जे पनि गरिन्छ सब बाँच्नेहरूका लागि गरिन्छ । । तिमी छँदा पनि छैनौ । तिमी मात्र होइन, केही कालपछि म हुने छैन । अहिले बाँचिरहेका हामी सबै हुने छैनँौ । तिमी बाँचिरहेको बेला तिमीले पनि चाहेकी थियौ— तिमीलाई सम्झने माया गर्ने कोही होउन् । सबै जिउदाहरूले चाहन्छन्, ‘आपूm मरेपछि पनि केही न केही आफ्नो अवशेष धरतीमा रहोस् । आपूmलाई सम्झने कोही होस् ।’ त्यस्तै तिमी बाँचिरहेको बेला तिमीले पनि चाहेकी थियौ र  तिमीलाई सम्झने म छु, तिम्रा सन्तानहरू, आफन्तहरू, साथीहरू र हाम्रा अमर कृतिहरू छन् । 
मृत्युको पूर्वआभाषले तिम्रो छट्पटिएको मन सम्भाल्न मैले भनेको थिएँ—‘तिमी ६६ वर्ष र म ७१वर्ष बाँचिसकेका छौँ । प्राय हामीले गर्नुपर्ने सबै कामहरू गरिसकेका छौँ । अहिले नै म¥याँै भने पनि सन्तोष मान्नु पर्छ । तिम्रै जेठा भाइ ५६ वर्षकै उमेरमा बिते । केयौ मानिसहरूले ५० पनि काट्न पाएका छैनन् । मर्न त कसलाई मन लागेको हुन्छ र ?!  जन्म जस्तै मृत्यु पनि हाम्रो हातमा छैन । धैर्य गर । पीर नलेऊ । म छउन्जेल तिमीले कुनै पीर गर्नु पर्दैन । म तिम्रा लागि जे पनि गर्न तयार छु ... हाम्रा सन्तानहरू र मेरा कृतिहरू रहेसम्म हामी बाँच्ने छौँ । म मेरो कृतिले बाँचे भने तिमी मसँगै बाँचिरहने छौ ।’ त्यसले थोरै भएपनि  तिम्रो चित्त बुझेको थियो । अस्पतालको नियास्रो क्षणहरूमा मलाई हेरेर तिमी र तिमीलाई हेरेर म, हामी  दुई बाँच्ने  अन्तिम सङ्घर्षमा बाँचिरहेका थियौँ ! अहिले तिमी छैनौ, छैनौ । तापनि  तिम्रो प्रतिच्छाया प्रतिविम्ब मेरो हृदय मुटुमा बाँचिरहेकैले श्रद्धाञ्जली स्वरूप यो लघुकथा सङ्ग्रह तिम्रो सम्झनामा प्रकाशित गरेर सार्वजनिक गरेको छु
ऐ,ओइ... प्रिय लक्ष्मी राई, तिम्रो सम्झनामा .. 
          तिम्रो प्यारो पति–प्रेमी ‘काजी’ले 
...गर्न सक्ने यत्ति नै हो  ।



फेरि मिलन हुनेछ

सुरु जहा“ उही“ अन्त
अनन्तबाट आएर
अनन्तमै फर्किनु छ
आइसकेपछि धरतीमा गर्जिनु छ
जीवन दुन्दुभी बजाउनु छ
मुस्कानमा जीवन फुलाउ“दै
अनन्तमै फर्किनु छ ।

बिछोडको पीडा सह“दै गर
प्रिय, अनन्त बिछोडपछि
अनन्त कालक्रममा मिलन फेरि हुनेछ ।
   





                सरण राई
                   २०७५



 




Comments

Popular posts from this blog

नौरङ्गी (एक सय एक लधुकथा) सरण राई